Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कांग्रेस नेता पौडेलले भने- निर्वाचनका लागि प्रधानमन्त्री नै बाधक – Gaule Khabar

कांग्रेस नेता पौडेलले भने- निर्वाचनका लागि प्रधानमन्त्री नै बाधक

कांग्रेस नेता पौडेलले भने- निर्वाचनका लागि प्रधानमन्त्री नै बाधक
काठमाडौं माघ, १७ –
सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड नै निर्वाचनको बाधक देखिएको टिप्पणी गरेका छन् ।मधेसी मोर्चाको सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचनको वातावरण बन्न नदिएको उनको आरोप छ ।

जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसिरसम्म तीनै तहको निर्वाचन गराउन सहज हुने उनले बताए ।दक्षिण कोरिया भ्रमण पुरा गरी सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग पुनः आग्रह गरे । साथै माघ २५ गतेभित्रै निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस नेता पौडेलले संविधान संशोधन प्रस्ताव र निर्वाचनबारे प्रतिपक्षी एमाले र मधेसवादी दलहरु दुबैको अडान गलत भएको पनि बताए । साथै स्थानीय तह पुनसर्ंरचना आयोगको प्रतिवेदनबारे मधेसी मोर्चाको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका