Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
टेलिकम कप माघ १८ देखि – Gaule Khabar

टेलिकम कप माघ १८ देखि

टेलिकम कप माघ १८ देखि

काठमाडौँ, माघ १६ –

सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा दशौँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता नेपाल टेलिकम कप–२०७३ यसै साता हुने भएको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष भलिबल, टेबल टेनिस र बुद्विचाल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् । भलिबलमा नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा राष्ट्रिय वाणिज्य बैंकबाट सहभागिता जनाइएको छ ।
त्यसैगरी नेपाल टेलिभिजन, नेपाल एसबिआई बैंक, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र उदयपुर सिमेन्ट लिमिटेडले टेबल टेनिस र बुद्विचालमा भाग लिने आयोजकका अध्यक्ष आचार्यले बताउनुभयो ।

टेबल टेनिस र बुद्विचालमा सहभागी अन्य संस्थामा ललितपुर उप–महानगरपालिका, नेसनल ट्रेडिङ सेन्टर, सांस्कृतिक संस्थान, नेपाल आयल निगम, सिदार्थ बंैक र कृषि विकास बंैक छन् । प्रतियोगितामा महिला पुरुष गरी कुल २४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आठ स्वर्ण, आठ रजत तथा १४ कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा हुनेछ भने टेबल टेनिस र बुद्विचाल लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालनमा रु सात लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका