Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हेटौंडाको सडक विस्तारमा सरकार वाधकःक्षेत्रीय प्रशासक र सहायकमाथि कारबाही ! – Gaule Khabar

हेटौंडाको सडक विस्तारमा सरकार वाधकःक्षेत्रीय प्रशासक र सहायकमाथि कारबाही !

हेटौंडाको सडक विस्तारमा सरकार वाधकःक्षेत्रीय प्रशासक र सहायकमाथि कारबाही !

सुनिल शिवाकोटी,

हेटौ‌डा माघ १६-

कानून बमोजिम मकवानपुरको हेटौंडाको सडक फराकिलो पार्ने अभियानमा अडिक रहेर काम गरिररहेका क्षेत्रीय प्रशासक विनोद केसीलार्इ सरुवा गरिएको छ । उनीसँगै सरकारले सहायक प्रमुख विश्वप्रकाश सुवेदीलार्इ पनि सरुवा गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासकको रुपमा हेटौडामा आएदेखि नै सडक विस्तारको कामलार्इ निडर ढ‌‌‌ंगले अघि बढाइरहेका केसीलार्इ सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंमा सरुवा गरिएको हो ।

केसीलाइ सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेसँगै सरकारले शम्भु कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको प्रमुखको रुपमा पठाएको छ । सरुवा भएका मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी २५ मिटर फराकिलो पार्ने अभियानको  प्रमुख  मानिन्छन् । उनले अडिक रुपमा सडक विस्तारको काम गरेपछि राजनीतिक दबाबको आधारमा उनीमाथि कारबाही गरिएको स्रोतको दाबी छ ।

यसैबीच निवर्तमान प्रमुख केसीले यो नियमित प्रक्रिया रहेको भन्दै जो आएपनि सडक विस्तारको काम नरोकिने बताएका छन् । सरुवाको खबर पाएपछि हाम्राकुरासँग कुराकानी गर्दै केसीले यस्तो बताएका हुन् । यद्यपि उनले अहिलेसम्म सरुवाको पत्र भने नपाएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका