चितवन, माघ १६–
नेपाल कुखुरा व्यवसायी मंचको अध्यक्षमा डा.होमबहादुर बस्नेत चयन हुनु भएको छ ।
शनिबार साँझ भरतपुरमा भएको मंचको छैठौं अधिवेशन तथा १२ औं वार्षिक साधारणसभाबाट डा.बस्नेत सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।
यस्तै मंचको प्रथम उपाध्यक्षमा ऋषिराम पौडेल, द्धितिय उपाध्यक्षमा राजेन्द्र लामिछाने, तृतीय उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा डा.रेवन्त भट्टराई, सचिवमा भुवनलाल जोशी र कोषाध्यक्षमा कृष्णहरि लोहनी चयन हुनु भएको छ ।
यसैगरि सदस्यहरुमा लिला कुवँर, जनकमान श्रेष्ठ, तारा अधिकारी काफ्ले, तेन नारायण पाण्डे, वीरबहादुर गुरुङ, जयकृष्ण सापकोटा, शिवराम केसी, प्रकाशबाबु खनाल, राजु पौडेल, रामलाल भुषाल र बालचन्द्र खनाल चयन हुनुभएको छ ।
यस्तै सोही कार्यक्रममा मंचले पशुपंक्षी विकास मन्त्रालयका नवनियुक्त सचिव डा.युवकध्वज जि.सी.लाई स्वागत तथा सम्मान गरेको छ । पोल्ट्री व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले सचिव जिसीलाई सम्मान पत्र प्रदान गर्नुभयो । कार्यक्रम नेपाल कुखुरा व्यवसायी मंचका अध्यक्ष शंकर कँडेलको अध्यक्षतामा भएको थियो ।