Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देवघाट कुम्भमेलामा ८४ करोड दिप प्रज्वलन,करिव ४ करोड आर्थिक संकलन – Gaule Khabar

देवघाट कुम्भमेलामा ८४ करोड दिप प्रज्वलन,करिव ४ करोड आर्थिक संकलन

देवघाट कुम्भमेलामा ८४ करोड दिप प्रज्वलन,करिव ४ करोड आर्थिक संकलन

चितवन, माघ १६–

देवघाटमा जारी ३२ करोड दिप प्रज्वलन तथा १ हजार ८ कुम्भ कलश पुजन महोत्सव आज (आइतवार) सकिएको छ । माघ १ गतेदेखी जारी कुम्भ कलश पुजन महोत्सवमा करिव १ करोड दर्शकले अवलोकन गरेका छन् । ३२ करोड दिप प्रज्वलन भनिएपनि महोत्सवमा ८४ करोडभन्दा वढी दिप प्रज्वलन भएको आयोजकले जनाएको छ । देशका विभिन्न जिल्लाका भक्तजनहरुले देवघाट आएर दिप प्रज्वलन संगै सामाजिक कार्यका लागी आर्थिक सहयोग समेत गरेका छन् ।

देवघाटधाममा मन्दिर निर्माण गर्ने,भुकम्प पिडित वालवालिकालाई राख्ने आवास वनाउने,वृद्धसेवा सदन र पाठशाला वनाउने उदेश्यले कुम्भ महोत्सव आयोजना गरिएको विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष इश्वर कृष्ण महाराजले नारायणी अनलाइनलाई जनाकारी दिनुभयो । नेपालमा गएको विनाशकारी भुकम्प र विभिन्न घटना दुर्घटनामा अकालमा मृत्यु भएकाहरुले मोक्ष प्राप्त गरुन भन्ने उदेश्यले कुम्भ मेला गरिएको उहांको भनाई छ । धर्मको माध्यामवाट राष्ट्रमा पनि शान्ति स्थापना होस भन्ने आयोजकले लक्ष्य राखेको महाराजले जानाकारी दिनुभयो ।

कुम्भ कलश पुजन महोत्सवको अन्तिम दिन आज वटुकहरुको सामुहिक व्रतवन्ध समेत गरिएको छ ।देशका विभिन्न क्षेत्रका वटुकहरु सामुहिक व्रतवन्धमा सहभागी भएका थिए ।चितवन ,तनहु र नवलपरासीको संगममा रहेको देवघाटको धार्मिक एतिहांसिक र सांस्कृतिक महत्व रहेको छ ।कालिगण्डकी र त्रिशुलीको संगममा स्थल रहेकाले पनि देवघाटलाई पवित्र त्रिर्थस्थलका रुपमा लिने गरिएकाले पनि देवघाटमा कुम्भमेला गरिएको संयोजक आचार्य श्रीधर वस्याले जानाकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका