Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोहनविक्रम सिंह अस्पताल भर्ना – Gaule Khabar

मोहनविक्रम सिंह अस्पताल भर्ना

मोहनविक्रम सिंह अस्पताल भर्ना

काठमाडौ,माघ १६-

पुराना कम्युनिष्ट नेता एवं नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंह बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंह चार दिनदेखि टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए । ८१ वर्षीय सिंह फोक्सोमा पानी जमेको, सुगरलगायतका समस्याबाट पीडित छन् ।

प्रधानमन्त्री दाहालले सिंहलाई भेटेर उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बचन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अहिले सिंहको स्वास्थ्यमा राम्रो सुधार देखिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका