Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जाजरकोटमा चार बालबालिका बिचल्लीमा – Gaule Khabar

जाजरकोटमा चार बालबालिका बिचल्लीमा

जाजरकोटमा  चार  बालबालिका बिचल्लीमा

जाजरकोट, माघ १६ –

जाजरकोट ढिमे– २ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् ।

डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो विहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ ७ चाउलेचौरमा विहे गरेर गएपछि चार वर्षीय अनिल, छ वर्षीय रेखा, आठ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन् ।

द्वन्द्वकालमा ९माओवादी० पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू– ९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए ।

बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताउनुभयो ।

जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो विहे गर्न बाध्य भएको मल्लले बताउनुभयो ।

‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन,’ उहाँले भन्नुभयो, ‘चारै भाइबहिनीलाई डोल्पा घर छ, छैन भन्ने पनि थाहा छैन ।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो, उहाँले भन्नुभयो– गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् ।

गरिबीका कारण नाबालक नातिनातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् । ‘मागेर कसरी लालनपालन गर्ने रु’ उहाँले भन्नुभयो, ‘कमाइ गर्ने कोही नहँुदा समस्या भएको छ । गोठाला गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ ।

पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका