चितवन, माघ १६–
नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ चितवनले महासंघकोे सदस्यता शुद्धिकरणको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेकोे छ । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला शाखा चितवनकोे नारायणगढमा सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रममले आन्दोलनमा जाने निर्णय गरेको हो ।
पत्रकार महासंघ चितवनले जिल्लामा कृयाशील पत्रकारलाई सदस्यता नदिएको, गैर पत्रकार, विगत लामो समयदेखी पत्रकारितामा निष्कृय ब्यक्तिहरुलाई सदस्यता नविकरण गरेकोे, पत्रकारिता पेशा छोडेर विदेश पलायन भएका पत्रकारकोे सदस्यता खारेज नगरेको कारण क्रान्तिकारी पत्रकार महासंघ आन्दोलनमा जानुको विकल्प नरहेको निष्कर्ष निकालेको छ । क्रान्तिकारी पत्रकार महासंघले चितवन पत्रकार महासंघलाइ सदस्यता सुुद्धिणीकरण गर्न यसअघि नै ज्ञापन पत्र बुझाए पनि त्यसको कुनेै सुनुुवाइ नभए पछि भेलाले आन्दोलनमा जाने निर्णय गरेको अध्यक्ष सूर्य बरालले जानकारी दिए ।
भेलाले पत्रकारिता पेशामा सक्रिय तर पत्रकार महासंघले सदस्यता नदिएका पत्रकारहरुलाई समेत आन्दोेलमा सहभागी हुुन आग्रह गरेकोे छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्र्रिय सचिव रामकुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सल्लाहाकार भुमिश्वर कंडेल, महासघका केन्द्रिय सदस्य शंंकरप्रसाद सुबेदी, जिल्ला सचिव सरोज उपरकोटी, कोषाध्यक्ष प्रेम कंडेल लगायतले मन्तब्य राखेका थिए ।