Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विप्लवले भने–‘यो देश हाम्रो हो, दलाल र गद्धारको होइन’ – Gaule Khabar

विप्लवले भने–‘यो देश हाम्रो हो, दलाल र गद्धारको होइन’

विप्लवले भने–‘यो देश हाम्रो हो, दलाल र गद्धारको होइन’

काठमाडौं,माघ  १५ –

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले यो मुलुक नेपालीको भएको दलाल र गद्दारको नभएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघर, जमलमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै विप्लवले अबको क्रान्तिमा सबै राष्ट्रवादी एक हुनुपर्ने बताए ।

‘अबको क्रान्तिमा सबै एक हुनुपर्दछ । आवश्यक प¥यो भने सेना–प्रहरीहरूले पनि आ–आफ्नो बर्दी खोलेर हामीलाई साथ दिनुपर्दछ’, उनले भने, ‘यो देश हाम्रो होे, दलाल र गद्दारको होइन ।’जनयुद्धमा मात्रै १५० भन्दा बढी संस्कृतिकर्मीहरूको सहादत भएको स्मरण गर्दै विप्लवले आफ्नो पार्टीले देश र जनताका निमित्त एवम् परिवर्तनका पक्षमा प्रतिवद्ध रहेको भन्दै सबै संस्कृितकर्मीहरूको संरक्षण गर्ने प्रतिवद्धता जनाए ।

रायन श्रेष्ठ, जेबी टुहुरे, माधव प्रधान, लक्ष्मी गुरुङ, कुश्मिता दर्लामी, आरोह नेपाली, ढुण्डी अधिकारी, रमण थामी, रमेश विकलगायतका कलाकारहरूले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए ।कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार शरद पौडेलद्वारा लिखित नाटक ‘अनुत्तरित प्रश्न’ को प्रदर्शन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका