Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गायक यमबुद्धको शव नेपाल ल्याइयो – Gaule Khabar

गायक यमबुद्धको शव नेपाल ल्याइयो

गायक यमबुद्धको शव नेपाल ल्याइयो

काठमाडौं माघ,१५-

यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइएको छ ।श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार दिउँसो इत्तेहाद एयरबाट ल्याइएको हो ।

परिवारका अनुसार, त्रिभुवन विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिनेछ । र, पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।२९ वर्षीय अधिकारी गत माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

एक दशकअघि नेपाली र्‍याप संगीतमा पाइला चालेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निस्किएको छ । पछिल्लो समय उनी ‘खतरा’ नामक एल्बम ल्याउने तयारीमा थिए ।‘साथी’ नामक गीतबाट युवा संगीतप्रेमीहरुमाझ चिनिँदै उनी नेपाली हिपहप गायकका रुपमा छाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका