Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बक्स अफिस भिडन्तमा ‘रईस’ र ‘काबिल’, एक सय करोडमा दुवै सुपरहिट – Gaule Khabar

बक्स अफिस भिडन्तमा ‘रईस’ र ‘काबिल’, एक सय करोडमा दुवै सुपरहिट

बक्स अफिस भिडन्तमा ‘रईस’ र ‘काबिल’, एक सय करोडमा दुवै सुपरहिट

काठमाडौं,माघ १४-

शाहरुख खान र ऋतिक रोशनको ‘रईस’ र ‘काबिल’को बक्स अफिस भिडन्त सुरुआत भइसकेको छ । यद्यपि पहिलो दिन ओपनिङ कलेक्सनमा ‘काबिल’ ‘रईस’भन्दा निकै पछि परेको देखियो । तर, आशा छ, विकेन्डमा फिल्मले गति लिनेछ ।
भारतीय अनलाइन फिल्मी बिटका अनुसार ओभरसिजमा शाहरुख खानका फ्यान फलोइङको असर तथ्यांकमा समेत देखिएको छ । ‘रईस’ले ५।२५ करोडका साथ सुरुआत गरेको छ भने काबिल २ करोडमा समेटिएको छ ।

अस्ट्रेलियन बक्स अफिसमा ‘रईस’ले पहिलो दिन ०.९३ करोड कलेक्शन गरेको छ । ‘काबिल’ले भने ०।१८ करोड कमाइ गरेको छ । न्युजिल्याण्डमा ‘रईस’ले ०।१० करोड र ‘काबिल’ले ०.०२ करोड । युके बक्स अफिसमा ‘रईस’ले १.०६ करोड र ‘काबिल’ले ०.१८ करोड कलेक्शन गरेको छ ।

ओभरसिज ९अस्ट्रेलिया, न्युजिल्याण्ड, युके० मा ‘रईस’ १०१ स्क्रिनमा रिलिज भएको थियो भने ‘काबिल’ले ९२ स्क्रिन पाएको थियो ।

रईस
‘रईस’ले अहिलेसम्म ४६.७२ करोड कलेक्शन गरिसकेको छ । चलचित्रले दोस्रो दिन २६।३० करोडको कमाइ गरेको छ ।
काबिल
‘काबिल’ले अहिलेसम्म २९ करोडको कलेक्सशन गरेको छ । चलचित्रले दोस्रो दिन १८।६७ करोडको कमाइ गर्यो ।
ओपनिङ
ओपनिङमा ‘रईस’ ‘काबिल’भन्दा धेरै अगाडि रहेको छ । ‘रईसले’ २०.३२ करोडको ओपनिङ गरेको थियो ।
बजेट
‘रईस’ ७० करोडको बजेटमा तयार भएको छ । भने, काबिलको बजेट ५० करोड छ । यसअर्थ दुबै चलचित्र १०० करोडमा सुपरहिट हुनसक्छ ।
लाइफटाइम कलेक्सन
यदि पहिलो हप्ता दुवै चलचित्रलाई राम्रो भयो भने, ‘रईस’ले १५०–१८० करोड र ‘काबिल’ले १२०–१५० करोड सम्मको कमाइ सजिलै गर्न सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका