Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
१० जनासँग प्रेम गरेका राजेन्द्र खड्गीले दुई जनासँग विवाह गरे – Gaule Khabar

१० जनासँग प्रेम गरेका राजेन्द्र खड्गीले दुई जनासँग विवाह गरे

१० जनासँग प्रेम गरेका राजेन्द्र खड्गीले दुई जनासँग विवाह गरे

काठमाडौं, माघ १४ –

द्धन्द निर्देशक राजेन्द्र खड्गीले विवाह गरेको ३५ वर्ष भइसकेको छ । उनले आफ्नै दिदीको नन्दलाई श्रीमती बनाएर भित्र्याएका थिए त्यो पनि भगाएर । उनीहरुको विवाह हुँदा राजेन्द्रकी श्रीमती रबिना १६ र राजेन्द्र २३ वर्षका थिए ।तर उनीहरुको चिनजान भने विवाह हुनुभन्दा दुई तीनवर्ष पहिले देखिनै भएको थियो । उनीहरुबिच उमेरको अन्तर सात वर्षको छ । विवाहभन्दा पहिले नै १० जनासँग प्रेम गरेँ भन्ने राजेन्द्रले जीवनमा दुई पटक विवाह गरेका छन् । हामीले राजेन्द्रको वैवाहिक र प्रेम जीवनको बारेमा एक सामाग्री तयार पारेका छौँ ।
विवाहभन्दापहिले १० जनासँग प्रेम
राजेन्द्र केटी भनेपछि हुरुक्कै हुने पुरुषमा पर्छन् । विवाह गर्नुभन्दा पहिले कति जनासँग प्रेम गर्नु भयो होला रु भन्ने हाम्रो प्रश्नमा उनले हाँस्दै भने, ‘९, १० वटा जति गरेँ होला ।’ हेटौँडाका उनी पहिले त्यहाँ बाबु राजाका नामले परिचित थिए । उनी सानै देखि नै डन थिए ।
उनलाई यो बलियो छ भनेर धेरै केटीहरुले मन पराउँदा रहेछन् । ‘केटीहरुले कि त सिम्पललाई मन पराउँछन् कि त तगडालाई । मलाई तगडा छ भनेर मन पराउँथे’ उनले भने । स्कुले जीवनमा उनले एकैपटक तीनजना केटीसँग प्रेम गरेका थिए रे । तर कलेज आएपछि भने प्रेमको स्वाद खासै नचाखेको बताए ।
विवाहभन्दा पहिले ९, १० जनासँग प्रेम गरेको छु भन्ने राजेन्द्रलाई हामीले तपाईँका पहिलेका प्रेमहरु थाहा पाउँदा भाउजुले के भन्नु हुन्छ रु कस्तो प्रतिक्रिया दिनुहुन्छ रु भनेर सोध्यौँ । यसको जवाफमा उनले भने, ‘केही पनि हुँदैन उसको त । तपाईँ मेरो भाग्यमा हुनुुहुन्थ्यो त्यहि भएर मैलै पाएँमात्रै भन्छे ।’ तर अहिले आएर रविनाले राजेन्द्रलाई केटीहरुबाट टाढै बस्न भने बारम्बार सुझाव दिन्छिन् ।
दुईपटक विवाह गरे
धेरैसँग प्रेम गर्र्न भ्याएका राजेन्द्रले विवाह पनि दुईपटक गरेका छन् । पहिलो विवाह लामो समय नटिकेपछि उनले डिभोर्स गरेर दोस्रो विवाह गरे । दुईवटै विवाह प्रेम विवाह हुन् । पहिलो विवाह नटिकेको कारणमा उनले भने, ‘जीवनमा मैले शहरको केटी बिहे गरेर गाउँमा लान नहुने रैछ भन्ने कुरा थाहा पाएँ । शहरको रमझममा रमाएका उनीहरुले गाउँमा गएर खुसी भेट्न सक्दा रहेनछन् । त्यसमाथि पनि मैलै त पाटनको केटी विवाह गरेको । त्यहाँ त महिनै पिच्छे फेस्टिभलहरु भइरहन्छन् । तर हाम्रो हैटौँडामा भने त्यस्तो हुँदैन । यहि कारण नै मेरो पहिलो विवाह नटिकेको जस्तो लाग्छ मलाई ।’
आफ्नो अनुभव सुनाउँदै राजेन्द्र भन्छन् ‘सुरु सुरुमा त नयाँ बुहारी हुन्छ नयाँ श्रीमती, नयाँ श्रीमान् हुन्छ । घर परिवारको मायामा सबै कुराहरु भुल्न सक्छन् । तर पछि पछि उनीहरुको जीवन शैली नै भिन्दैै भएको हुन्छ । छोरा छोरी पाउँछन् अनि माइत जाने ७, ८ महिना बस्ने गर्छन् । अनि उनीहरुलाई गाउँ फर्कन मन नलाग्ने हुँदो रहेछ । मेरो पहिलो विवाहमा यहि भएको हो । यसबाट मैले सिकेको कुरा काठमाडौंको केटी विवाह गरेर गाउँमा लग्यो भने कि केटीेले केटालाई काठमाडौं लिएर आउँछे र कि उसलाई छाडिदिन्छे ।’ उनको पहिलो विवाह पनि दिदीकी नन्दसँग नै भएको थियो ।
राजेन्द्रको जीवनमा रबिनाको भूमिका
राजेन्द्रको सफलतामा रबिनाको निकै ठूलो भूमिका छ । राजेन्द्र पनि आफू अहिले जुन स्थानमा छु त्यो सबै उनको सपोर्टका कारण भएको बताउँछन् । विवाहको शुरुवातमा राजेन्द्रको परिवारमा केही समस्या थियो । ती सबै समस्याहरुलाई झेल्दै रबिनाले राजेन्द्रको परिवार सम्हालेकी थिइन् ।
उनीहरु एकअर्कालाई निकै माया गर्छन् । राजेन्द्र खड्गी करिअरमा श्रीमतीको साथ र सहयोग सम्झदै भन्छन्, ‘यदि मैलै मलाई यति धेरै सहयोग र सपोर्ट गर्ने श्रीमतीलाई कुनै दिनधोका दिएँभने त्यो दिन त मेरो अन्तिम दिन नै हुन्छ होला । उसलाई धोका दिएँ भने म सायद नर्कमा पर्छु ।’
हिरोइनसँगका तस्बिर च्यातेका पल
आफ्नी श्रीमतीले हिरोइनसँग खिचेका तस्बिरहरु च्यातेको पल सम्झदै उनले भने, ‘सुरु सुरुमा उनी मेरा हिरोइनसँगका तस्बिरहरु देख्नासाथ च्यातिदिन्थिन् । तर पछि भने उनलाई आफ्नो श्रीमान्को काम नै यहि हो भन्ने थाहा भयो । सबै अभिनेत्रीहरुसँग पनि घुलमिल हुन थालिन् । सबैले भाउजु भनेर सम्मान दिन थाले । अनि उनले ममाथि कहिल्यै पनि शंका गरिनन् । – उज्यालो अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका