चितवन, माघ १४–
चितवनमा किटजन्य सरुवा रोगहरुको संक्रमण छिटो हुने सरोकारवालाले बताएका छन् । चितवन ७६ औं जिल्लाको रुपमा रहेकोले रोगहरुको संक्रमण छिटो हुने उनिहरुको बताए ।मंगलपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको डेंगु,चिकनगुनिया तथा जिका र अन्य किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उपस्थित सरोकारवालाले यस्तो बताएका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा मंगलपुर स्वास्थ्य चौकीकी प्रमुख इश्वरा तिवारी र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकी मलेरिया इन्स्पेक्टर उर्मिला आचार्यले अभिमुखिकरण गरेका थिए । उनिहरुले डेंगु,चिकन गुनिया, जिका र स्क्रबटाइफस बारे अभिमुखकरण गरेका हुन् । डेंगुबारे जानकारी दिदै स्वास्थ्य चौकीकी प्रमुख तिवारीले अहिले सम्ममा विश्वमा करिब ५ करोड मानिसहरु यसबाट प्रभावित भइसकेको बताएकी छिन् । साथै यसवर्ष पनि भदौदेखि सुरु भई कात्र्तिक सम्म रत्ननगरनगरपालिका र खैरहनी नगरपालिका लागयत प्रभावित स्थानहरुमा गरि ६ सय ८७ जना प्रभावितह्ररु रहेको उनले बताइन् । अर्काे वर्ष प्रभावित स्थानहरुमा अझ संक्रमण बढ्ने अवस्था रहेको उनले बताइन् । जिका भाइरसको नेपालमा संक्रमण नदेखिएपनि सजग हुनुपर्नेमा उनले जोड दिइन् । चिकनगुनिया रोगका कारण भने चितवनको मेद्यौली र पिप्लेमा बिरामी फेला परेको उनले बताइन् । मंगलपुर क्षेत्र औद्योगिक विकास भएको तर सिमान्तकृत वर्गको बसोबास रहेको स्थान भएकोले स्वास्थ्यको विकास गर्न जटिल रहेको मंगलपुर स्वास्थ्य चौकीकी प्रमुख इश्वरा तिवारीले बताइन् । यस्तै कार्यक्रममा बोल्दै मंगलपुर स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष सोम बहादुर लामाले लामखुटेबाट बच्नका लागि झुलको प्रयोग गर्नु अत्यावश्यक रहेको बताए । सम्पुर्ण रोगबाट बच्ने उपाय सरसफाइ भएको भन्दै उनले घर वरपरको वातावरण सफा राख्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका नारायण अधिकारी,एमालेका बद्री चापागाइ,नेपाली कांग्रेसका केशव कुमार अधिकारी,टोल सुधार समितीका अध्यक्ष,सेन्ट्रल हस्पिटल प्रयोगशाला विभागका मोहन तिवारी लगायतको उपस्थित रहेको थियो ।