Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बदलाको भावनात्मक कथामा सफल प्रमाणित भए ऋतिक – Gaule Khabar

बदलाको भावनात्मक कथामा सफल प्रमाणित भए ऋतिक

बदलाको भावनात्मक कथामा सफल प्रमाणित भए ऋतिक

काठमाडौं,माघ १४ –

ऋतिक रोशनले आफ्नै बाबु (राकेश रोशन) ले निर्माण गरेको चलचित्र ‘कोइ मिल गया’ र ‘कृष’मा समेत फरक क्षमता भएको चरित्र निर्वाह गरिसकेका छन् ।

पुनः उनी चलचित्र ‘काबिल’ मार्फत फरक क्षमता (दृष्टिविहीन) को भूमिकामा देखा परेका छन् । समीक्षकहरूले दृष्टिविहीनले गर्नै नसक्ने वा गर्न नपर्ने कुरा समेत चलचित्रले प्रस्तुत गरेकामा आलोचना समेत गरेका छन् ।

चलचित्रमा सामान्य घडी लाएको कुरा, मैनबत्ती बालेको कुरा, अद्भूत नृत्यको कुरा, यी विभिन्न विषयमा टिप्पणी गरेका छन् ।

यद्यपि चलचित्र यी कमजोरीबाहेक राम्रै बनेको बताएका छन् । भारतीय सञ्चारमाध्यम आजतकले ऋतिक रोशनको सुन्दर प्रस्तुति चलचित्रमा हेर्न पाइने, चलचित्रका शीर्ष चरित्रले दृष्टिविहीनको भूमिका राम्रो निर्वाह गरेको र युनिक सेलिङ प्रोपोजिसन पनि राम्रै रहेको उल्लेख गरेको छ ।

चलचित्रः काबिल
निर्देशकः सञ्जय गुप्ता
स्टार कास्टः रितिक रोशन, यामी गौतम, रोनित राय, रोहित राय
अवधिः २ घण्टा १९ मिनेट
सर्टिफिकेटः युए

सञ्जय गुप्ताको निर्देशनमा पहिलो पटक रितिक रोशनको चलचित्र रिलिज भएको छ । यसका निर्माता राकेश रोशन हुन् । राकेश रोशनले आफ्ना छोरा ऋतिकका लागि ‘कहो ना प्यार है’, ‘कोइ मिल गया’, ‘कृष’, ‘काइट’ जस्ता चलचित्र बनाएका छन् । यसको सफलताको प्रतिशत औसत छ ।

ऋतिकको पछिल्लो चलचित्र ‘महेन्जोदारो’ राम्रो चलेको थिएन । प्रश्न यो छ कि, ‘काबिल’सँग बाबुछोराको यो जोडीले फेरि पनि ‘बक्सअफिस’मा तहल्का मचाउन सक्ला रु

चलचित्रको कथानक
यो चलचित्रको कथा डबिङ आर्टिस्ट रोहन भटनागर (ऋतिक रोशन) को हो । जसको दैनिक जीवन दिउँसो डबिङ स्टुडियो र रातपरेपछि घरमा बित्ने गरेको छ ।

रोहनको एउटै मात्र आकांक्षा छ, उसलाई यस्तो जीवनसाथी प्राप्त होस् कि जसको साथ उनले सम्पूर्ण जीवन बिताउन सकुन् । त्यसै समय रोहनको जीवनमा सुप्रिया ९यामी गौतम० को प्रवेश हुन्छ । रोहनको व्यक्तित्वलाई देखेर सुप्रिया प्रभावित हुन्छिन् । र, दुवैले विवाह गर्छन् ।

दुवै दिव्यांग (दृष्टिविहीन) भए पनि एकअर्काका बीचको प्रेममा रहन्छन् । तब अचानक एक दिन एउटा घटना घट्छ । कर्पोरेट माधवराव शेल्लार (रोनित राय) र अमित शेल्लार (रोहित राय) का कारण रोहनको जीवनबाट सुप्रिया सधैँका लागि टाढा हुन्छिन् ।

यसको बदला लिनका लागि रोहनले योजना बनाउँछन् । र, अन्ततः जित सत्यको हुन्छ ।

चलचित्र किन हेर्ने र ?
फेरि एकपटक दर्शकले ऋतिक रोशनको सुन्दर प्रस्तुति चलचित्रमा देख्न पाउने छन् । चलचित्रले दर्शकलाई भावानात्मक र सोचमग्न बन्न बाध्य बनाउँछ ।

यामी गौतम र ऋतिक रोशनले दृष्टिविहीनको भूमिका राम्रोसँगले निर्वाह गरेका छन् । रोनित राय र उनको डाइलग डेलिभरी पनि गज्जबको छ । नरेन्द्र झा र सुरेश मेननको काम पनि सहज देखिन्छ ।

यद्यपि चलचित्रको कथानक ट्रेलरबाटै थाहा भए पनि, योबाहेक यो चलचित्र हेर्दै गएपछि पट्यारलाग्दो भने हुँदैन । यही चलचित्रको युएसपी – युनिक सेलिङ प्रोपोजिसन (चलचित्र बिक्री हुने आधार) हो ।

चलचित्रमा समावेश गीतको विशेषताले कथालाई अगाडि बढाउएर लैजान्छ । चलचित्रको सिनेमेटोग्राफी र ब्याकराउन्ड स्कोर राम्रो छ । जुन सञ्जय गुप्ताको चलचित्रको विशेषता पनि हो ।

चलचित्रमा दृष्टिविहीनको हिसाबले हेर्दा अनुसन्धानको तौरतरिका सही छ । जस्तै पैसा चिन्ने तरिका, सुन्ने तरिका, खाना बनाउने तरिका । साथै दृष्टिविहीन व्यक्तिको बदला लिने योजनाले चलचित्र हेर्ने चाहना राखिराख्दछ ।

बक्स अफिस

चलचित्र झण्डै २ हजार ३ सय ५० स्क्रिनमा रिलिज भएको छ । मार्केटिङ र प्रोमोशनको खर्च जोड्दा बजेट झण्डै ५० करोड भएको बताइएको छ । जसमा ऋतिक रोशनको पारिश्रमिक जोडिएको छैन ।

समाचारका अनुसार चलचित्रको संगीत (८ करोड), डिजिटल र स्याटेलाइट राइट्स (५० करोड) पहिले नै बिक्री भइसकेको छ ।

त्यस्तै ओभरसिज (१६ करोड) र डिस्ट्रिव्युशन (४२ करोड) भनिएको छ । चलचित्रको रिकभरी कास्ट ८० करोड रहेको छ ।

यदि चलचित्रले ८५ करोड कमायो भने हिट हुनेछ । र, १ सय २० करोड कमायो भने सुपरहिट हुनेछ । चलचित्रको पाँच दिनको मात्र ‘विकेन्ड’ रहेको छ । र, राम्रो ओपनिङको मौका पनि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका