Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कांग्रेसका सांसद धनराज गुरुङले भने-दक्षिण प्रभुसँग लम्पसार परेको हो ? – Gaule Khabar

कांग्रेसका सांसद धनराज गुरुङले भने-दक्षिण प्रभुसँग लम्पसार परेको हो ?

कांग्रेसका सांसद धनराज गुरुङले भने-दक्षिण प्रभुसँग लम्पसार परेको हो ?

काठमाडौं, माघ १३ –

बुधबारको संसदमा बैठकमा सत्तारुढ दलकै सांसदले सरकारको कडा अलोचना गरेका छन् । र, दक्षिण प्रभुसँग लम्पसार परेको आरोप लगाएका छन् ।नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भारतीय एयर मार्सल नेपालमा राख्नु आपत्तिजनक भन्दै नेपालका सुरक्षा निकाय निकम्मा भएका हुन् भनी प्रश्न गरे । उनले भने ‘म सोध्न चाहन्छु ? के नेपालमा सुरक्षा निकायहरु निकम्मा बनेका हुन् ? वा नेपाल सरकार दक्षिण प्रभुका अगाडि लम्पसार परेको हो ?

स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधानले महिला सशक्तिकरण हुने चर्चा गर्दै ‘राष्ट्रिय एकतालाई बलियो बनाउन दलगत स्वार्थ लिनु नहुनेमा उनले जोड दिए ।

कांग्रेसकै सांसद रामहरि खतिवडाले ‘न्यायपालिका जनताको आस्थाका केन्द्र हो, यसलाई राजनीतिक आस्थाको केन्द्र बनाइनु हुँदैन’ भन्दै ‘देशलाई टुक्राउँछु भनेर हिँड्नेमाथि किन कारबाही हुँदैन ?’ भनी प्रश्न गरे ।

हेर्नुस् भिडियो पनिः

https://www.youtube.com/watch?v=2J1TxEhcPTg

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका