Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माओवादी केन्द्र चितवनले जनलहर अभियान चलाउने – Gaule Khabar

माओवादी केन्द्र चितवनले जनलहर अभियान चलाउने

माओवादी केन्द्र चितवनले जनलहर अभियान चलाउने

चितवन, माघ १३–

नेकपा माओवादी केन्द्र चितवनले संगठन बलियो बनाउन जिल्लामा जनलहर अभियान संचालन गर्ने भएको छ । जनताका आकांक्षा र भावना बुझ्नेदेखि संगठन विस्तारका काम समेत जनलहर अभियानमा थालिने माओवादी केन्द्र चितवनका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।
मुलुक संघीय संरचनामा अगाडी बढिरहेको अवस्थामा जनताका घर–घरमा पुगी माओवादी केन्द्र जनलहर अभियान सुरु गरेको उनले जानकारी दिए ।
जनलहर अभियान अगाडी संघीय संरचना अनुसार जिल्लाको सात क्षेत्रमा जिम्मेवारी बाँडफाड समेत गरिएको छ । जसअनुसार भरतपुर महानगरमा जिल्ला अध्यक्ष यमबहादुर परियार (ईन्द्रजीत), रत्ननगर नगरपालिकामा जिल्ला सह–ईन्चार्ज कञ्चन खनाल, खैरहनी नगरपालिकामा जगन्नाथ आचार्य, राप्ती नगरपालिकामा सिंहबहादुर गोले, कालिका नगरपालिकामा रामध्वज डल्लाकोटी (विवेक), माडी नगरपालिकामा प्रभु महत्तो र ईच्छाकामना गाउँपालिकामा प्रताप गुरुंगलाई ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै जिल्ला सह–ईन्चार्ज ज्ञानु बस्नेतलाई जनवर्गीय संगठन ईन्चार्ज, मिडिया फ्याक्सन ईन्चार्जमा संगीता भट्टराई, ईच्छाकामना र महानगर केन्द्रबाट हेर्ने जिल्ला ईन्चार्ज घनश्याम दाहाललाई, जिल्ला सह–ईन्चार्ज ठाकुर ढकाल सबै विभागिय काम र माडी हेर्ने जिम्मा, विद्यार्थीको फ्याक्सन ईन्चार्ज प्रकाश खनाल शैलेश र वाईसिएललाई स्वयम् जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई हेर्ने निर्णय भएको माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य सुर्य सुवेदी (पथिक)ले जानकारी दिए ।

जिम्मेवारी बाँडफाँडमा अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रय अध्यक्ष चित्रबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका