Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो – Gaule Khabar

ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो

ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो

ओखलढुंगा,माघ १३ –

भूकम्प पीडितसँग पैसा असुलेर विवादित बनेपछि स्थगित भएको पहिलो किस्ताको अनुदान वितरण शिविर सञ्चालन गर्न पुनः भूकम्पपीडितसँग पैसा असुलिएको छ । पीडितको पैसामा नेता र हाकिमहरु हेलिकोप्टर चढेको समाचार सार्वजनिक भएपछि स्थगित शिविर शनिबारबाट फेरि शुरु भएको छ ।

भूकम्प पीडितको अनुदान वितरण शिविरसँगै सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा भूकम्प पीडितसँग निर्णय नै गरेर पाँच सयका दरले शिविर व्यवस्थापन खर्च असुलिएको हो । पलापु, फूलबारी र कालिका गाविसमा शिविर सञ्चालन गर्न एक हजारका दरले रकम असुलेर दलका, नेता, कार्यालय प्रमुख र सांसद हेलिकोप्टरमा सयर गरेका थिए ।

पीडितको पैसामा पार्टीका जिल्ला सभापति समेतलाई हेलिकोप्टरमा चढाएको चौतर्फी विरोध र आलोचना भएपछि काँग्रेस सांसद रामहरि खतिवडाले गाम्नाङटार र पोकलीको शिविरमा भने हेलिकोप्टरको इन्धन आफैले व्यहोरेका छन् । व्यवसायीसँग अनुरोध गरेर इन्धन हालेर कार्यालय प्रमुख र पैसा ओसार्न हेलिकोप्टर ल्याइएको खतिवडाले बताए ।

पीडितसँग पैसा नउठाउनकै लागि इन्धन आफुले सांसदको तलवभत्ताबाट दिएको खतिवडाको दाबी छ । तर, गाविसमा भने निर्णय नै गरेर पीडितसँग पैसा असुलिएको छ । रगनी गाविसमा प्रतिव्यक्ति पाँच सय उठाउने निर्णय नै गरेर रकम असुलिएको थियो ।

स्थानीय र भूकम्प पीडितहरुले भने पीडितसँग पैसा उठाउने र दलका नेताहरु जस लिन होडबाजी गरेर राहतम राजनीति गर्न थालेको आरोप लगाएका छन् । सांसदले हेलिकोप्टर चार्टर गर्ने पैसा कहाँबाट कमाए भन्ने प्रश्न पनि जनताले गर्न थालेका छन् । – अनलाइन खबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका