Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डा लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष – Gaule Khabar

डा लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष

डा लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष

काठमाडौँ, माघ १२–

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा प्रकाशचन्द्र लोहनीले सम्हाल्नुुभएको छ ।

निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा लोहनीलाई आज सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो ।

उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष डा लोहनीले पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजाने र मुलुकमा विद्यमान समस्या समाधानमा सशक्त ढङ्गले क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विधिका आधारमा पार्टी सञ्चालन गरी आसन्न महाधिवेशनलाई सफल बनाउने दृढता पनि व्यक्त गर्नुुभयो ।

केन्द्रीय अध्यक्ष कमल थापाले डा.लोहनीको कार्यकालको सफलताको कामना गर्दै अहिले देशमा बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याउनुभयो । निवर्तमान अध्यक्ष राणाले पार्टीलाई बलियो र गतिशील बनाउन नेता तथा कार्यकर्ता सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय अखण्ड पार्टीसँग एकीकरणका लागि पार्टीका उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा राजीव पराजुली र हेमजङ गुरुङ सदस्य रहेको एक समिति गठन गरेको छ ।

मुलुकको राष्ट्रिय एकता तथा अखण्डता कमजोर बन्दै गइरहेको अहिलेको अवस्थामा आपसी मतभेद बिर्सेर साझा धारणा बनाउन सबै राजनीतिक दललाई बैठकले आग्रह गरेको छ । मधेस केन्द्रित दलका जायज माग पूरा गरी निर्वाचनको वातावरण बनाउन तथा यही माघ १५ गतेभित्र निर्वाचनको मिति तोक्नसमेत बैठकले माग गरेको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका