Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गुरुकुल कलेज र ईन्सटीच्युट अफ एर्गीकल्चर एण्ड एनीमल साईन्स,रामपुर एक्सपर्ट क्वीजको सेमीफाईलनमा – Gaule Khabar

गुरुकुल कलेज र ईन्सटीच्युट अफ एर्गीकल्चर एण्ड एनीमल साईन्स,रामपुर एक्सपर्ट क्वीजको सेमीफाईलनमा

गुरुकुल कलेज र ईन्सटीच्युट अफ एर्गीकल्चर एण्ड एनीमल साईन्स,रामपुर एक्सपर्ट क्वीजको सेमीफाईलनमा

चितवन, माघ १२ –

गुरुकुल कलेज ,भरतपुर र ईन्सटीच्युट अफ एर्गीकल्चर एण्ड एनीमल साईन्स,रामपुर कलेज एक्सपर्ट कालिका ईन्टर कलेज क्वीजको सेमीफाईलनमा प्रवेश गरेको छ ।
आज बाट सुरु भएको दोस्रो चरणको पहिलो क्वीजमा बछ्यौली उच्च मावि, बछ्यौली र भिमोदय उच्च मावि पदमपुरलाई उछिन्दै गुरुकुल कलेज सेमीफाईनलमा प्रवेश गरेको हो । त्यसैगरी आजै भएको दोस्रो क्वीजमा लक्ष्मी उच्च मावि लंकु र एस.ओ.एस हर्मन माईनर भरतपुरलाई उछिन्दै ईन्सटीच्युट अफ एर्गीकल्चर एण्ड एनीमल साईन्स,रामपुर कलेज सेमीफाईलनमा प्रवेश गरेको हो ।
दोस्रो क्वीजमा ईन्सटीच्युट अफ एर्गीकल्चर एण्ड एनीमल साईन्स,रामपुरले ७० , एस.ओ.एस हर्मन माईनर भरतपुरले ६५ र लक्ष्मी उच्च मावि लंकुले ४५ अंक प्राप्त गरेको थियो । ५ राउण्डसम्म पछि परेको रामपुर अन्तिम चरणमा भएको र्यापीड फाईर राउण्डमा अग्रता लिएपछि सेमीफाईनलमा प्रवेश गर्न सफल भएको हो ।यसैगरी पहिलो क्पिजमा गुरुकुल कलेज ,भरतपुरले ७० , बछ्यौली उच्च मावि, बछ्यौलीले ५० र भिमोदय उच्च मावि पदमपुरले ४५ अंक प्राप्त गर्न सफल भएको हो ।
गुरुकुल कलेजबाट प्रज्जवल पौडेल र अस्मिता भुषाल , बछ्यौली उच्च मावि, बछ्यौलीबाट अभिसेक भण्डारी र अस्मिता चौधरी र भिमोदय उच्च मावि पदमपुरबाट राहुल गीरी र अनिशा बोगटीले सहभागिता जनाएका थिए । त्यसैगरी ईन्सटीच्युट अफ एर्गीकल्चर एण्ड एनीमल साईन्स,रामपुर कलेजका तर्फबाट रेश्मा गुरुङ् र भरत काफ्ले , लक्ष्मी उच्च.मावि लंकुबाट शिव गौतम र पुजा कंडेल र एस.ओ.एस हर्मन माईनर भरतपुरबाट आयुष लामिछाने र नेष्मा भट्टराईले सहभागिता जनाएका थिए ।
ईनोभेटीभ डेभलोपमेन्ट बैंक नारायाणगढका ब्रान्च म्यानेजर केशव राज आर्चायको प्रमुख आतिथ्यता भएको कार्यक्रममा एक्सर्पट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका ब्रान्च म्यानेजर डिल्लीराम अधिकारी , भिमोदय उच्च मावि पदमपुरका शिक्षक बलराम घिमिरे , बछ्यौली उच्च मावि ,बछ्यौलीका शिक्षक दिनेश चौधरीको सहभागीता रहेको थियो । कार्यक्रम कालिका एफ.एम प्रा.लिका स्टेशन म्यानेजर तथा टिभी कालिकाका निर्देशक रिना गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैवीच भोलि पनि ६ कलेजविच प्रतिस्पर्धा हुनेछ । दुई चरण गरेर खेलाईने भोलिको पहिलो खेलमा शहिद स्मारक शारदानगर , लक्ष्मी उच्च मा.वि जगतपुर र शिक्षा विकास उच्च मा.वि टाडीँविच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी भोलिनै हुने दोस्रो खेलमा मोहना उच्च मा.वि रत्ननगर , भण्डारा उच्च मा.वि भण्डारा र स्काईराईडर उच्च मा.वि रत्ननगरविच खेल हुनेछ ।
एक्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य सहकार्यमा संचालन भएको प्रतियोगितामा चितवन र नवलपरासीका ४ दर्जन भन्दा बढी प्लस टु र कलेजहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा यस पटको सिजनबाट घरमा रहि प्रतियोगिता सुन्ने र हेर्ने दर्शक तथा स्रोताहरुले समेत एस एम एस मार्फत सहभागिता जनाउन पाउने र सहि जवाफ दिने मध्य १ जना स्रोता वा दर्शकलाई आर्कषण उपहार प्रदान गरिने कालिका एफ एम की स्टेशन म्यानेजर रिना गुरुङले जानकारी दिनु भएको छ ।
मुख्य प्रायेजक रहेको एक्सपर्ट एजुकेशन कन्सल्टेन्सी एण्ड भिषा सर्भिसेजले विधार्थीि वर्गको बौद्धिक क्षमतामा निखार ल्याउन हाजिरी जवाफ प्रतियोगितामा कालिका मिडियालाई सहयोग गर्दै आएको छ । वि हेन्सी टेलरिङ नारायणगढको समेत सहयोग रहेको प्रतियोगितामा प्रथम पुरस्कार २० हजार , द्धितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार १० हजार सहित आर्कषण पुरस्कार र सहभागि सवै लाई प्रमाण पत्र र उपहार प्रदान गरिने ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको हो । प्रतियोगितालाई कालिका एफ एम ९५.२ र टिभि कालिकाले प्रत्यक्ष प्रसारण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका