Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्व लडाकूलाई दैनिकी चलाउन धौ धौ – Gaule Khabar

पूर्व लडाकूलाई दैनिकी चलाउन धौ धौ

पूर्व लडाकूलाई दैनिकी चलाउन धौ धौ

बैतडी, माघ १२ –

कुनै बेला देश परिवर्तनका लागि सशस्त्र द्वन्द्वमा होमिएकी बैतडीकी एक पूर्व लडाकूलाई अहिले दैनिकी चलाउन धौ धौ भएको छ ।
कक्षा ६ मा पढ्नेक्रममा विद्यालयबाटै आफू माओवादी अभियानमा लागेर भूमिगत भए, माओवादीका पूर्व लडाकु भगवतीले सार्कीले भनिन्– ‘पढ्ने बेलामा पढ्न पाइएन, नपढेपछि कहाँबाट रोजगार पाउनु, अहिले हातमुख जोर्न पनि धौ धौ परेको छ ।‘

देश परिवर्तनका लागि विसं २०६३ मा सशस्त्र द्वन्द्वमा होमिएकी बैतडीको दशरथ चन्द नगरपालिका–१ बाडीलेककी पूर्व माओवादी लडाकु सार्की अहिले साँझ बिहान छाक टार्न कहिले गिट्टी कुट्छन् त कहिले सडक सफा गर्छन् ।

सेना समायोजनाका क्रममा अयोग्य ठहरिएपछि उनी आफ्नो घर फर्केर आएकी हुन् । बैतडीको सित्तड गाविस माइती भएकी सुशीला विवाहपछि बैतडीकै दशरथ चन्द नगरपालिका–१ बाडीलेकमा बस्दै आएकी छिन् ।

खानलगाउन समस्या भएपछि भगवतीका श्रीमान् रोजगारीका लागि भारत पसेका छन् । तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिगेड ७ औँ डिभिजनमा कार्यरत भगवतीले घर फर्कनेबेला एक पैसा पनि नपाएको दुखेसो गर्नुभयो ।

समाज र देश बदल्न क्रान्तिमा हिँडियो, उनी भनिन्– व्यवस्था फेरिएर गणतन्त्र आयो र लडाकुलाई अयोग्य भनेर घर पठायो तर घर फर्केको लामो समय बितिसक्दा पनि आफूले अहिलेसम्म एक पैसा पाएको छैन् ।

अयोग्य लडाकु घर फर्किने बेला कसैले सीपमूलक तालिम सिकेर घर पर्किए, कोही रु चार लाख ल्याएर फर्किए, मैले न त कुनै सीपमूलक तालिम पाए न त पैसा नै भगवती भनिन्– बिहेपछि अहिले मसँग चार वर्षकी छोरी छिन्, पैसा नहुँदा छोरीलाई सरकारी विद्यालयमा समेत भर्ना गर्न सकिएको छैन् ।

ब्यारेकबाट घर फर्कने बेलामा उहाँका सबै कागजपत्र कमान्डरले राखेर केही पाइने भए खबर गरौँला भनेको थियो तर अहिलेसम्म कुनै खबर आएन, उनले शान्ति प्रक्रियापछि नेताहरूले घर घडेरी जोडेका छन् तर यहाँसम्म पु¥याउन भ¥याङ बनेका लडाकुलाई बेवास्ता गरेको दुःखेसो पोखिन् ।

“यस्तो जीवन भोग्नु रै’छ, सहिद भएको भए राम्रो हुन्थ्यो” भगवती भनिन् –आफूसँगैका साथीहरु नेता मन्त्री बने तर हामी बाडीलेकको सानो घरमा कैदी जस्तै भएकी छु ।

“पढ्ने उमेरमा युद्धमा लागियो, के–के नै हुन्छ भन्ने सोचेकी थिएँ, आखिर यस्तो भोग्नु रहेछ” – भगवतीले भन्नुभयो । अहिले बसु भने घर छैन, लगाउँ भने लुगा छैन, खानका लागि अन्न छैन, नजिकैको पसलबाट रु पाँच हजारको चामल किनेको पनि वर्षौं भईसक्यो, अहिलेसम्म त्यो पनि तिर्न नसकेकामा उनी दुःखित छिन् ।

कमाएर खाउँ भन्दा जग्गा छैन, बस्न घर पनि छैन, पानी परेपछि छिमेकीको घरमा बास बस्न जानुपर्ने बाध्यता रहेको उनको कथन छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका