Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अवैधरुपमा सुन भित्रिन थालेपछि रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ – Gaule Khabar

अवैधरुपमा सुन भित्रिन थालेपछि रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

अवैधरुपमा सुन भित्रिन थालेपछि रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

रसुवा,माघ १२ –

उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो ।

फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमा समेत सुन फेला पर्न थालेपछि मानिसको शरीर तथा सवारी साधनका विभिन्न पार्टपूर्जामा जाँच परीक्षण कार्यलाई तीब्रता दिइरहेको र अथक प्रयासबाट थोरै परिमाणको सुनसमेत पक्रन नेपाल प्रहरी सफल भएको बताइएको छ ।

अवैध कारोबार रोक्ने सबैको दायित्व भएकाले त्यस्ता अवैध कार्यका सूचना नेपाल प्रहरीलाई उपलब्ध गराई सहयोग गरिदिन सबैसँग आग्रह गर्र्दै सूचना दिनेको नाम अति गोप्य रहने प्रहरी प्रमुख प्रसाईंले बताउनुभयो ।

यस्तै सोमबार अपराह्न रसुवागढी नाकामा ११७।३२ ग्राम सुनसहित सिन्धुपाल्चोक सिम्पालकाप्रे–६ का चक्रबहादुर धमलालाई पक्राउ गरी कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइसकिएको र उक्त सुनको बजार मूल्य करिब रु पाँच लाख ४० हजार रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका