काभ्रे, माघ ११–
काभ्रेको उग्रचन्डी नाला–१ मा आज साँझ मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा सवार २२ वर्षीय राजीववादे श्रेष्ठ एक्कासि आएर पोलमा ठोक्किएपछि करिब पाँच मिटर तल खसेका थिए । तत्कालै उनलाई बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको थियो ।
दुर्घटनामा घाइते भएका श्रेष्ठलाई अस्पताल लगिएको केही समयमै मृत्यु भएको बनेपा प्रहरी चौकीले जनाएको छ ।