सुजन प्रेमी,
चितवन, माघ ११–
पर्यटन राज्यमन्त्री ईन्द्र बानियाँले चितवनको ऐतिहासिक पर्यटकिय क्षेत्रको बिकासमा योजना बनाएर आए मन्त्रालयबाट खाली हात नफर्काइने आश्वासन दिनुभएको छ ।
पूर्वी चितवनको शक्तिखोरमा नेपाली काँग्रेसद्धारा आयोजित संगठन सुदृढीकरण एवम् जागरण अभियानअन्तरगत बृहतकार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले चितवनका ऐतिहासिक र पर्यटकीय स्थलको उचित बिकास नभएकाले बिकासको लागी पहल गरिने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथी नेपाली काँग्रेस जिल्ला कार्यसमिती चितवनका सभापती जितनारायण श्रेष्ठले चितवनका धार्मीक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रहरु ओझेलमा परेकाले यसको प्रचार–प्रसारमा तिब्रता दिनुपर्ने बताउनुभयो । उहाँले सकारात्मक सोँचले अगाडी बढे कुनै कुराको असम्भव नरहेको स्पष्ट पार्नुभयो । अधिकांस चेपाङ भएको शक्तीखोर ईलाकामा बिकास निर्माणका कार्यमा तिब्रता दिईने श्रेष्ठको भनाई थियो । कार्यक्रममा क्षेत्रीय, ईलाका र वडा स्तरीय काँग्रेसका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका थिए ।